लागूऔषधसहित महोत्तरीबाट एक युवक पक्राउ

महोत्तरी, २९ फागुन । लागूऔषध गाँजासहित महोत्तरीको गौशालाबाट एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गौशाला नगरपालिका–५ बस्ने ३५ वर्षीय हरेन्द्र साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
बिक्री वितरण गर्ने उद्देश्यले सञ्चय गरी राखेको साढे पाँच किलो गाँजासहित साहलाई प्रहरीले पक्राउ गरेको हो ।
साहले गाँजा बिक्री वितरणको कारोबार गर्दै आएको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गौशालाबाट खटेको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा प्लाष्टिकमा बेरेर जेब्रा झोलामा लुकाइछिपाइ राखेको अवस्थामा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


