सप्तरी, २८ फागुन । सप्तरीमा ग्यास लीक भएर आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

आगलागीबाट पाँचलाख बढीको धनमाल जलेर नष्ट भएको हो ।

शनिबार साँझ करिब ६ बजेको समयमा राजविराज नगरपालिका-५ बस्ने जोगिन्द्र गुप्ताको २ तल्ले पक्की घरमा ग्यास चुल्होबाट आगो लागेको प्रहरीले जनाएको छ ।

प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आगलागीबाट नगद, जिन्सी, फर्निचर झ्यालढोकासहित जलेर ५ लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।