नेपाली कांग्रेस सप्तरी : सभापतिबाहेक अन्य पदाधिकारीहरु सबै संस्थापन पक्षका

सप्तरी, २८ फागुन । नेपाली कांग्रेस सप्तरीमा सभापतिबाहेकका अन्य पदाधिकारीमा संस्थापन पक्षका उम्मेदवारहरु विजयी भएका छन् ।
सभापतिमा डाक्टर शेखर कोइराला समूहका रामदेव साहले संस्थापन पक्षका उम्मेदवार शत्रुधन यादवलाई ११६ मतले पराजित गर्दै १ हजार १८६ मत प्राप्त गरि विजयी भएका थिए । यादवले १ हजार ७० मत प्राप्त गरे ।
सभापतिको परिणाम आइसकेपछि शुक्रबार बिहानबाट अन्य पदाधिकारीको मतगणना सुरु गरिएको थियो ।
शनिबार दिउँसो समपन्न मतपरिणामअनुसार उपसभापति, सचिव र सहसचिव पदमा सबै संस्थापन पक्षका उम्मेदवारहरु विजयी भएका छन् ।
उपसभापतिमा संस्थापन पक्षका रामकुमार यादव, सचिवमा प्रभुनारायण चौधरीले १ हजार १८२ र सनत मण्डलले १ हजार ७५ मत प्राप्त गरी विजयी भए ।
त्यस्तै सहसचिवमा घनश्याम साहले १ हजार २६५ र मनोज खड्काले १ हजार ८६ मत प्राप्त गरी जित हासिल गरेका छन् ।
सभापति र पदाधिकारी पदको गणना सकिएपछि अब सदस्य र महासमिति सदस्य पदको मतगणना गर्ने तयारी गरिएको छ ।
मंगलबार सम्पन्न मतदानको मतगणना बिहीवार बिहानदेखि सुरू भएको थियो कांग्रेस सप्तरीमा कुल २ हजार ५३५ मतदाता छन् ।जसमध्ये २ हजार ३४२ जनाले मतदान गरेका थिए । सभापति सहित ८५ पदका लागि मतदान भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


