पर्सामा १ हजार २०० लिटर अवैध घरेलु मदिरा नष्ट

पर्सा, २८ फागुन । प्रहरीले पर्सामा १ हजार २०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
शनिबार पर्साको वीरगञ्ज महानगरपालिका–१४ मा यात्रुवाहक बसबाट मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पथलैयाबाट आउँदै गरेको सार्वजनिक यात्रुवाहक बसमा अवैध रुपमा ल्याउँदै गरेको १ हजार २०० लिटर घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


