रौतहट, २८ फागुन । प्रहरीले स्रोत नखुलेको करिब पौने १९ लाख रुपैयाँसहित रौतहटबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको विहार राज्य पूर्वी चम्पारण मोतिहारी जिल्ल्ला महंगुआ ग्राम पञ्चायत २ बस्ने ४५ वर्षीय दिप नारायण प्रसाद रहेको सशस्त्र प्रहरी क्षिनमस्ता वाहिनी बर्दिबासले जनाएको छ ।

सशस्त्र प्रहरी क्षिनमस्ता वाहिनी बर्दिबासबाट खटेको स्कवार्ड टोलीले विषेश सूचनाको आधारमा रौतहटको बौधिमाई नगरपालिका–९ सरमझुवाबाट स्रोत नखुलेको १८ लाख ७३ हजार नेपाली रुपैयाँसहित दिपनारायणलाई पक्राउ गरेको हो ।

भारतीय नम्बर प्लेटको मोटरसाईकलमा अवैघ रुपमा ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएकोमा मोटरसाइकलको एक लाख मुल्यांकन सहित थप कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।