नेपाली कांग्रेस सर्लाहीमा नयाँ नेतृत्वका मतदान जारी

सर्लाही, २८ फागुन । नेपाली कांग्रेस सर्लाहीको नयाँ नेतृत्वका चयनका लागि आज मतदान जारी रहेको छ ।
सदरमुकाम मलंगवास्थित पब्लिक माध्यमिक विद्यालय परिसरमा आज बिहान ८ बजेदेखि मतदान जारी रहेको छ ।
नेपाली कांग्रेस सर्लाहीको सभापतिमा संस्थापन समूहबाट सुरेन्द्र प्रसाद सिंह र शेखर कोइराला समूहबाट लक्ष्मण राय प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।
सिंह हालका उपसभापति हुन् भने राय पार्टीको पूर्व जिल्ला सभापति हुन् । सभापतिबाहेक अन्य पदाधिकारी र सदस्यहरुमा पनि दुवै पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।
मतदान स्थलमा शनिबार बिहानैदेखि कांग्रेस नेता कार्यकर्ताहरुको भिड लागिसकेको छ । यसअघि फागुन २३ गतेको लागि तय भएको मतदान आजको लागि सारिएको थियो ।
सर्लाहीको २० वटा स्थानीय तहका २०० वडाबाट छानिएर आएका ३ हजार २ सय ८७ जना क्षेत्रीय प्रतिनिधि मतदानमा सहभागी हुनेछन् ।
बेलुका मतदान सक्किनासाथ मतगणना सुरु गर्ने गरी जिल्ला निर्वाचन अधिकृत नागेश्वर सिंहले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


