काठमाडौं, २७ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको राजपुर गाविसका तत्कालीन गाविस सचिव केशव घिमिरेसहित तीनजनाविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०६९/७० र २०७०/७१ को आन्तरिक आम्दानी शीर्षकमा हिनामिना गरेको आरोपमा घिमिरेसहित गाविसका तत्कालीन खाता सञ्चालक सामाजिक विकास अधिकृत अरुण साह र अर्का खाता सञ्चालक शिवजी कामतीविरुद्ध अख्तियारले शुक्रबार मुद्दा दायर गरेको हो ।

उनीहरुविरुद्ध ३ लाख २७ हजार ३४९ रुपैयाँ मागदावी लिई विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ ।