काठमाडौं, २७ फागुन । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राहदानी नम्बर एबी २८७६४६६ वाहक ३२ वर्षीया वानविसा जन्तासन र राहदानी नन्बर एबी २८७९४३० वाहक ४१ वर्षीया वारापोर्न खुनसोमबाट रहेका छन् ।

उनीहरुलाई विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट दुई हजार दरको चार थान र पाँच सय दरको ५७३ थान गरी कूल २ लाख ९४ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरिएको छ ।

उनीहरु भिस्टार एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट भारतको नयाँ दिल्ली जान लागेको थिए । उनीहरुलाई एक्सरे मेसिनमा जाँच गर्ने क्रममा साथमा प्रतिबन्धित भारतीय रुपैयाँ फेला परेको थियो ।