जनकपुरधाम, २७ फागुन । पटक पटक स्थगित हुँदै आएको नेपाल इन्जिनियर्स एसोसिएसनको ३३ औँ कार्यकारिणी तथा दोस्रो प्रादेशिक कार्यसमितिको नयाँ नेतृत्वका लागि आज जनकपुरधाममा निर्वाचन सुरु भएको छ ।

गत वर्षनै उम्मेदवारी परेपनि विभिन्न कारणवस ५ पटक स्थगित भईसकेको निर्वाचन अन्ततः आज सुरु भएको हो ।

मधेस प्रदेशको नयाँ नेतृत्वका लागि मधेसको राजधानी जनकपुरधाम र वीरगञ्जमा शुक्रबार विहान ९ बजेदेखि निर्वाचन जारी रहेको छ ।मतदान बेलुकी ४ बजेसम्म जारी रहने बताइएको छ ।

केन्द्र र सातवटै प्रदेशको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा नेपाली कांग्रेसको दुई वटा प्यानल, लोसपा, एमाले र जनमतको गठबन्धन, माओवादी केन्द्र, नेकपा एस र जसपाको प्यानल र एउटा स्वतन्त्र प्यानल चुनावी मैदानमा रहेका छन् ।