सप्तरी, २६ फागुन । नेपाली कांग्रेस सप्तरीको जिल्ला सभापतिमा डाक्टर शेखर कोइराला पक्षका रामदेव साह निर्वाचित भएका छन् ।

साह ११६ मतान्तरले सभापतिमा निर्वाचित भएका हुन् । उनले १ हजार १८६ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी संस्थापन पक्षका उम्मेदवार शत्रुधन यादवले १ हजार ७७ मत प्राप्त गरेका हुन् ।

सप्तरीमा यसअघि शनिबार भएको निर्वाचन विवादपछि स्थगित भएको थियो ।

मंगलबार सम्पन्न निर्वाचनको मतगणना आज सकिएको छ ।