पोखरिया नगरपालिकाका मेयर रौनियार कांग्रेसमा प्रवेश

पर्सा, २६ फागुन । पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्साले बिहीबार वीरगञ्जमा आयोजना गरेको प्रमाण पत्र वितरण तथा पदस्थापन कार्यक्रममा नगरप्रमुख रौनियार कांग्रेसमा प्रवेश गरेका हुन् ।
बिहीबार वीरगञ्ज आइपुगेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले टिका र माला लगाएर मेयर रौनियरलाई पार्टी प्रवेश गराएका हुन् ।
पहिलो स्थानीय तहको निर्वाचनमा नेपाली जनता दलबाट ३ हजार २६ मत प्राप्त गरेर उनी नगरप्रमुखमा निर्वाचित भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


