हेटौंडा, २६ फागुन । बागमती प्रदेशको राजधानी हेटौंडामा एमसीसी र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन गरिएको छ ।

बिहीबार बिहान हेटौंडाको बुद्धचोकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरूले एमसीसी सम्झौता खारेज गर, गो ब्याक एमसीसी, देश बेच्न पाइँदैन, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर लगायतका नारा लगाएका थिए ।