जनकपुरधाम, २५ फागुन । जनता समाजवादी पार्टी नेपालले महोत्तरीको बलबा नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविरको आयोजन गरेको छ ।

शिविरमा समाजवादी विद्यार्थी युनियन धनुषाको टिमले सेवा प्रवाह गरेको विद्यार्थी जिल्ला सचिव बलिराम कापरीले जानकारी दिए ।

शिविर समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष सरोज यादव, सदस्य रामभगत यादव, मोडेल इकाईका अध्यक्ष अनित कुमार मण्डल, एनएचआरडी इकाईका अध्यक्ष नवीन यादव, राजर्षी जनक विश्वविद्यालय इकाईका अध्यक्ष अनिरुद्ध यादव लगायत बलबा नगरपालिका–४ का वडाध्यक्ष प्रमोद यादव, वडा नम्बर–१० का वडाध्यक्ष राजकुमार यादव सहित पार्टीका नेता तथा कर्याकर्ताहरुको सहयोगमा सञ्चालन गरिएको छ ।

शिविरबाट मिथिला माध्यमिकी परिक्रमामा सहभागी दर्जनौं यात्रीहरुले सेवा लिएका थिए ।