रंगेलीका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश

विराटनगर, २५ फागुन । मोरङको रंगेली नगरपालिकाका नगरप्रमुख दिलिप बगडिया र उपप्रमुख केशवकुमारी खराल नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनीहरुसँगै वडा नम्बर–१, ५ र ७ का वडाअध्यक्षहरु पनि एमालेमा प्रवेश गरेका हुन् । वडाध्यक्षहरू रामचन्द्र मण्डल, महानन्द मण्डल र कृष्ण खनाल एमालेमा गएका छन् ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा मेयर, उपमेयर र वडाध्यक्षहरू नेकपा माओवादी केन्द्रबाट विजयी बनेका थिए ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित उनीहरुलाई बुधबार रंगेलीमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


