जनकपुरधाम, १५ माघ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका नेता कार्यकर्ताले सिरहामा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गरेको भन्दै युवा संघले सिरहाको गोलबजारमा शनिबार प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागी युवाहरूले हत्यारा सरकार चाहिँदैन, मापसे सरकार मुर्दावाद, अपराधी देउवा सरकार मुर्दावाद, स्थानीय तहको चुनाव मिति घोषणा गर, अराजक मन्त्रीलाई बर्खास्त गर, किसानलाई समयमा मलखाद उपलब्ध गर जस्ता नारासमेत लगाएका थिए ।

प्रदर्शनमा सहभागी संघका जिल्ला संयोजक जयप्रकाश शर्माले अगामी निर्वाचनमा एमाले दुई तिहाई बहुमत ल्याउने डरले सरकारले निर्वाचनको मिति घोषणा गर्न नचाहेको आरोप लगाए ।