जनकपुरमा थप एक थाइराइड एण्ड डायग्नोष्टिक पोलिक्लिनिक सञ्चालनमा

जनकपुरधाम, १३ माघ । जनकपुरधाममा इण्डोक्राइन सहितको स्वास्थ्य संस्था जनकपुर डाइबिटिज थाइराइड एण्ड डायग्नोष्टिक पोलिक्लिनिक सञ्चालनमा ल्याइको छ ।
जनकपुरधामस्थित जानकी मन्दिरको विवाह मण्डप पछाडि बिहीबारदेखि सञ्चालनमा ल्याइएको सो पोलिक्लिनिकमा डाइबिटिज, थाइराइज तथा हार्मोन रोग र गाइस्ट्रो सहितको पेट रोगको प्रमुख रुपमा आधुनिक उपकरणद्वारा उपचार गर्ने व्यवस्था रहेको बताइएको छ ।
डाइबिटिज, थाइराईड तथा हार्मोन रोगको काठमाडौंस्थित नर्भिक इन्टरनेशन हस्पिटल र मेट्रो काठमाडौं हस्पिटलमा एक दशकभन्दा बढी समयदेखि कार्यरत डा. मधु पाण्डेयले उपचार गर्नेछन् भने पेट तथा पेटको क्यान्सर सम्बन्धी रोगको उपचार डा. प्रकाश चौधरीले गर्ने बताइएको छ ।
यस बाहेक स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. प्रशिता शाह, बालरोग विषेशज्ञ डा. हेमन्तकुमार शर्मा, जेनरल फिजिसियन डा. संदीपकुमार कर्ण र हाडजोर्नीका डा. मनिष शाहले समेत सेवा दिने जनाइएको छ ।
उद्घाटनको अवसरमा सो पोलिक्लिनिकले माघ १३ गतेदेखि १५ गतेसम्म विभिन्न रोगको ओपीडी निशुल्क र ल्याब (प्याथलोजी जाँच) मा बिरामीलाई ४० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ ।

सञ्चालक डा. चौधरीले दिएको जानकारी अनुसार माघ १३ गते डा. मधु पाण्डेय र डा. प्रकाश चौधरीद्वारा फास्ंिटग र रैण्डम सुगरको निशुल्क चेकजाँच, १४ गते जेनरल फिजिसियन र बालरोगको ओपीडी तथा १५ गते स्त्री तथा प्रसुति रोग र हाडजोर्नीको ओपीडीमा निःशुल्क चेकजाँच गरिनेछ ।
डाइबिटिज थाइराईड तथा हार्मोन, पेट तथा पेटरोगको क्यान्सर सहितको एकै छातामुनि उपचार हुने सो पोलिक्लिनिकको सञ्चालक डा. चौधरीका बुवा किसुन चौधरी र प्रदेश सभा सदस्य शिवचन्द्र चौधरीले संयुक्त रुपमा एक कार्यक्रमका बीच उद्घाटन गरेका छन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


