जनकपुरधाम, १२ माघ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा अवस्थित मोनाष्टिक आवासिय माध्यमिक विद्यालयले ब्रिटिस काउन्सिलद्वारा इन्टरनेशल स्कुल अवार्ड हात पार्न सफल भएको छ ।

कनेक्टिङ क्लास रूम परियोजनाअन्तर्गत विगत एक दशकदेखि सो अवार्ड प्रदान गर्दै गरिंदै आएको छ ।

विद्यालयका म्यानेजिङ्ग डाइरेक्टर डा.सोनु कुमारले सबै स्टाफको मेहनतले अर्वाड प्राप्त गर्न सफल भएको बताए । अवार्ड छनोटका लागि गर्नु पर्ने विभिन्न प्रोजेक्टमा सबै शिक्षक स्टाफले अटुट मेहनत गरको उनले बताए ।

अन्तर्राष्ट्रिय स्तरको सिकाइ आत्मसात गरी विद्यार्थी तथा शिक्षकलाई आधुनिक शिक्षण सिकाइ प्रक्रियामा सामेल गराई सीप विकासमा महत्त्वपूर्ण भूमिका खेलेकोले विद्यालयले अवार्ड पाएको उनको दावी छ ।

ब्रिटिस काउन्सिल, शिक्षा विभाग र पाठयक्रम विकास केन्द्रका प्रतिनिधिको समूहले अवार्डमा सहभागी विद्यालयहरुले पेश गरेको अभिलेख, विवरणको मुल्याङ्कन गरी बालबालिकाको सिकाइ उपलब्धी अनुगमन गरी प्राप्त उपलब्धिका आधारमा अवार्ड प्रदान गरेको उनले बताए ।

उनले भने, ‘अबको ३ वर्ष पछि अवार्ड हात पार्नको लागि मात्र हैन कि हरेक वर्ष विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरेका छौँ, विद्यार्थीले के जाने र के सिके भन्ने अनुभूति गर्न सिक्नेछन् ।’

सन् २०१२ देखि हालसम्म नेपालका ४९३ विद्यालयले आइएसएमा भाग लिएका छन् भने १४६ विद्यालय पुरस्कार जित्न सफल भएका छन् ।