जनकपुरधाम, ११ माघ । नेपाल भारत खुला सिमा सम्वाद समूह मधेस प्रदेश समितिको संयोजकमा श्याम सुन्दर सिंह चयन भएका छन् ।

सिंह नेपाल सरकारको अवकाश प्राप्त सह–सचिव हुन् ।

सम्वाद समूहको सह–संयोजकमा दिपक यादव, कोषाध्यक्षमा हरिकान्त मिश्रा, सचिवमा मनिष चौधरी चयन भएका छन् ।

त्यस्तै, समूहले धनुषा जिल्ला अध्यक्षमा मनोज साह, महोत्तरी जिल्ला अध्यक्षमा राम कृपाल साह, सिरहा जिल्ला अध्यक्षमा रामनारायण ठाकुर अभिषेख, सर्लाही जिल्ला अध्यक्षमा हुसेन खान र भारतको बिहार राज्य अन्तर्गत मधुबनी जिल्ला अध्यक्षमा डा.रोहित झालाई मनोनयन गरेको छ ।

संस्थाको माघ १० गतेको बैठकबाट समूहको शाखाहरु विस्तार गरिएको बताइएको छ ।

नेपाल भारत खुला सिमा सम्वाद समूहले विगत ३ वर्षदेखि नेपाल भारतको आन्तरिक र बाहिरी सम्बन्ध सुदृढीकरण, सांस्कृतिक, धार्मिक एवम् आर्थिक सम्बन्ध थप मजबुत बनाउन भूमिका निर्वाह गर्नुका साथै नेपाली जनतालाई भारतमा र भारतिय नागरिकलाई नेपालमा आवश्यक पर्न गएको खण्डमा सक्दो सहयोग, सिमा सम्बन्धि समस्या समाधान लगायतका कामहरु गर्दै आईरहेको छ ।