धनुषा चेम्बर अफ कमर्सद्वारा छात्राहरुलाई लत्ताकपड़ा वितरण

जनकपुरधाम, ८ माघ । धनुषा चेम्बर अफ कमर्सले १०१ जना छात्रालाई लत्ताकपड़ा तथा शल वितरण गरेको छ ।
शनिबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ मा आयोजित एक कार्यक्रमकाबिच सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई कपड़ा वितरण गरिएको हो ।
चेम्बरका अध्यक्ष विजय कुमार साहको अध्यक्षता तथा मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवको प्रमुख आतिथ्यमा लत्ताकपड़ा तथा शल वितरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री यादवले चेम्बर अफ कमर्सले छात्राहरुलाई बाँडेको लत्ताकपडासँगै मानवीय रुपमा न्यानो माया पनि बाँडिएको बताए ।
हरेक मानवले मानवीय धर्म पूरा गर्दै अर्को मानवको अनुहारमा खुशी खोज्न सके कोही पनि दुःखी हुन नपर्ने उनको भनाइ थियो ।
धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय कुमार साहले चेम्बरको नीति व्यापारिकता, व्यवहारिकता र समाजिकतालाई अंगाल्दै छात्राहरुलाई लत्ताकपड़ा बाँडिएको बताए ।
कार्यक्रममा पूर्वमन्त्री अरविन्द साह, पूर्वमेयर बजरंग प्रसाद साह, नेपाली कांग्रेसका नगरसभापति मनोज कुमार साह, वडाध्यक्ष जानकीराम साहलगायतकाहरुको उपस्थिती रहेको थियो ।





तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


