शनिबार मधेस प्रदेशमा १९९ नयाँ संक्रमित थपिए, १० जना संक्रमणमुक्त

जनकपुरधाम, ८ माघ । मधेस प्रदेशमा पछिल्लो २४ घण्टामा १९९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ३८७ जनाको पीसीआर परीक्षण गर्दा १९९ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये धनुषाका ४१, सिरहाका ३५, बाराका २९, पर्साका २८, सर्लाहीका १८, सप्तरीका १४, महोत्तरीका ११, रौतहटका १० र अन्य प्रदेशका १३ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने १० जना संक्रमणमुक्त भएका छन् ।
योसँगै मधेस प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४० हजार १०१ पुगेको छ भने मृत्यु हुनेको संख्या १ हजार ४४ पुगेको छ । त्यस्तै, ३७ हजार ६६१ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य निर्देशनालयका अनुसार हाल प्रदेशभर सक्रिय संक्रमितको संख्या १ हजार ३९६ रहेको छ । जसमध्ये १ हजार ३८३ जना होम आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ९ जना आईसीयू र ४ जना एचडियूमा उपचाररत् छन् ।
मृतक १ हजार ४४ मध्ये सप्तरीका १५८, सिरहाका १३४, धनुषाका १३२, महोत्तरीका ९१, सर्लाहीका ९३, रौतहटका १२८, बाराका १७७, पर्साका १३० र १ जना भारतीय नागरिक छन् । जसमा पुरुष ७५९ र महिला २८५ रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


