सिरहा, ७ माघ । सिरहामा कोरोना संक्रमित एक बृद्धाको मृत्यु भएको छ ।

जिल्लाको लहान नगरपालिका–१९ का ६२ वर्षीया बृद्धाको मृत्यु भएको हो ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा शुक्रबार बिहान ११ः४५ बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका अनुसार माघ ५ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतकमा मुटुसम्बन्धी समस्या रहेको बताइएको छ ।