जनकपुरधाम, ६ माघ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह पत्रकार कुटपिट प्रकरणमा धनुषा जिल्ला अदालतमा हाजिर भएका छन् ।

नगर प्रमुख लालकिशोर साहले पत्रकारलाई आफ्नै कार्यकक्षमा हुलहुलज्जत, दुव्र्यवहार तथा गालीगलौज गरेको मुद्दामा अदालतमा हाजिर भएका हुन् ।

जानकी मन्दिरको पर्खाल तोडेर सडक विस्तार गर्नेक्रममा नगरप्रमुख साहले घुसवापत स्थानीयवासीसँग ८५ लाख रुपैयाँ लिएको भनि आरोपको सवालमा प्रतिक्रिया लिन जाँदा उनले पत्रकारलाई कार्यकक्षमै दुव्र्यवहार तथा गालीगलौज सहित हातपात समेत गरेका थिए ।

२०७६ सालको पुस महिनामा उपमहानगरपालिकाको कार्यालयमा मेयर साहले आफ्नै कार्यकक्षमा कार्यकर्ता तथा गुण्डा भिडाएर पत्रकारलाई कुटपिट गरेका थिए ।

अदालतले सो मुद्दा मेलमिलाप फाँटमा पठाएको छ ।

यता नगरप्रमुख साहबाट पीडित पत्रकार अमरकान्त ठाकुरले उनले सार्वजनिकरुपमा माफी माग्नु पर्ने अडान राखेका छन् । उनले माफी नमागेको खण्डमा मेयर साहलाई अदालतले कडा सजाय दिनुपर्ने बताए ।