जनकपुरमा १५५ नमूना परिक्षण गर्दा ९५ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम, ४ माघ । जनकपुरधाममा एकै दिन ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा १५५ जनाको नमूना परिक्षण गर्दा ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका निर्देशक डा.श्रवण कुमार मिश्राले जानकारी दिए ।
उता, वीरगञ्जस्थित नारायणी अस्पतालमा ५१ जनाको नमूना परिक्षण गर्दा ३६, मलंगवा अस्पतालमा ३० जनाको नमूना परिक्षण गर्दा २१, रौतहटको गौर अस्पतालमा १४ जनाको नमूना परिक्षण गर्दा ५ र सिरहा अस्पतालमा ५ जनाको नमूना परिक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मधेस प्रदेशमा अहिले १ हजार ५१८ जना संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् भने ३ जना संस्थागत आइसोलेसनमा र ३ जना आइसीयुमा उपचाररत छन् ।
मधेस प्रदेशका प्रदेशस्तरीय अस्पतालहरुमा आइसोलेसन बेड १ हजार ६८०, एचडीयू बेड ६९५, आइसीयु बेड ३९६, भेन्टिलेटर १२४, अक्सिजन सिलिण्डर २ हजार ३६८, अक्सिजन कन्सनट्रेटर ३६ र अक्सिजन प्लान्ट ८ वटा रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


