सप्तरीमा ७५ जनाको नमुना परीक्षण गर्दा ६५ जनामा कोरोना संक्रमण पुष्टि

सप्तरी, ४ माघ । सप्तरीमा एकै दिन ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको कोरोना ल्याबमा ७५ जनाको नमुना परीक्षण गर्दा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।
उनका अनुसार संक्रमित हुनेमा अधिकांश न्यायालय र सुरक्षा निकायका व्यक्ति छन् । उनीहरु होम आइसोलेसनमा बसेको यादवले बताए ।
योसँगै कोरोनाको तेस्रो लहरमा सप्तरीमा सक्रिय संक्रमितको संख्या १०४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


