प्रदेश २ को नाम ‘मधेश प्रदेश’ पारित

जनकपुरधाम, ३ माघ । प्रदेश २ को नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधाम पारित भएको छ ।
हाल प्रदेशमा १०४ जना सांसद रहेकोमा उपस्थित ९९ जना प्रदेश सभा सदस्य मध्ये ८० जनाले नाम मधेशको पक्षमा र ७८ जनाले राजधानी जनकपुरधामको पक्षमा मतदान गरेका छन् ।
नाम र राजधानीका लागि ७० मतको आवश्यकता थियो । तीन दलको संयुक्त प्रस्ताव मधेश प्रदेशको पक्षमा मतदान गरिएको थियो ।
सत्तारूढ दल जनता समाजवादी पार्टी, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको संयुक्त प्रस्ताव मधेश प्रदेशमा मतदान गरिएको थियो ।
शैलेन्द्र कुमार यादव र भरत प्रसाद साह प्रस्तावक रहेको नाम मधेश प्रदेश कायम गर्न मतदान गरिएको थियो ।
मधेस प्रदेशसँगै नामकरणका लागि जानकी, मिथिला भोजपुरा र मध्य मधेश प्रदेश प्रस्ताव दर्ता भएको थियो ।
त्यस्तै, प्रदेश सांसद परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरत प्रसाद साहले प्रस्ताव गरेको राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) तोक्ने प्रस्ताव परमेश्वर साहले पेश गरेपछि मतदान भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


