जनकपुरधाम, ३ माघ । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम हुने प्रस्तावका लागि मतदान प्रक्रिया सुरु भएको छ ।

सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गरेका दलहरुको तर्फबाट संयुक्त रुपमा प्रस्ताव पेश भएको जनकपुरधाममा मतदान प्रक्रिया सुरु भएको हो ।

प्रदेश सांसद परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरत प्रसाद साहले प्रस्ताव गरेको राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) तोक्ने प्रस्ताव परमेश्वर साहले पेश गरेपछि मतदान प्रक्रिया सुरु भएको छ ।

स्थायी राजधानीका लागि दुई तिहाई मतको अवाश्यक छ । हाल प्रदेशमा १ सय ४ जना सांसद रहेकोमा ७० मतको आवश्यक छ ।

सभामुख सरोज यादवले प्रदेशसभा कक्षकै छेउमा रहेको भवनमा मतदान गर्न सांसदहरुलाई आग्रह गरेका छन् ।