१४ महिने बालकको अपहरण गर्ने भारतीय युवक पक्राउ

जनकपुरधाम, ९ पुस । जनकपुरधाममा घर अगाडीबाटै १४ महिने बालकको अपहरण गरेको आरोपमा प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत बाजपट्टी वडा नं १० घर भई धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचोकस्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बुधवार साँझ करिब ७ बजेदेखि जनकपुरधाम उपमहानगरपलिका–१७ मनहरपुरका रासलाल मुखियाको घर अगाडीको सार्वजनिक बाटोबाट उनका १४ महिने छोरा कृष्ण मुखिया हराएपछि प्रहरीमा जानकारी गराएका थिए ।
प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ठाकुरलाई भारततर्फ बच्चा लिएर भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
ठाकुरलाई बिहिवार अपराह्न करिब ४ बजे नगराईन नगरपालिका–२ स्थित नेपाल भारतको सिमाना नजिकै बच्चालाई लिएर भारततर्फ भाग्दै गरेको अवस्थमा नियन्त्रणमा लिईएको प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


