कमला नगर कांग्रेसको नेतृत्व सर्वसम्मत चयन
जनकपुरधाम, १२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धनुषाको कमला नगरपालिकाको नगर अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ ।
अधिवेशनले नगर कार्यसमितिको नयाँ नेतृत्व चयन गरेको हो ।
अधिवेशनबाट नगर सभापतिमा सुरेन्द्र यादव सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै, उपसभापतिमा लक्ष्मेश्वर यादव र तबसुम खातुन मण्डल, सचिवमा जंगेश कामत तथा सहसचिवमा विनोद मण्डल सर्वसम्मत चयन भएका छन् ।
नगर कार्यसमितिको सम्पूर्ण नेतृत्व सहमतिमै चयन भएपछि अधिवेशनमा सहभागी कांग्रेसका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
अधिवेशनमा नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ता, क्षेत्रीय प्रतिनिधि तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो ।
नवनिर्वाचित नगर कार्यसमितिले पार्टीको संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउँदै स्थानीय तहमा कांग्रेसका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।


