नेपाली काँग्रेस प्रदेश २ अधिवेशन: आज हुने भनिएको निर्वाचन स्थगित

जनकपुरधाम, ७ पुस । नेपाली काँग्रेस प्रदेश २ को जारी अधिवेशनअन्तर्गत आज हुने भनिएको निर्वाचन स्थगित भएको छ ।
काँग्रेसको जनकपुरधाममा भईरहेको प्रदेश अधिवेशनअन्तर्गत आज बुधबार दिउँसो १ बजेदेखि निर्वाचनको समय निर्धारण गरिएको थियो ।
साँझ ६ बजेसम्म पनि प्राविधिक तयारी पूरा नभएकोले निर्वाचन बिहीबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए ।
उनले मतपत्र छपाईको काम पूरा हुन नसकेकोले निर्वाचन स्थगित गरिएको बताए ।
यसअघि निर्वाचन हुने वा नहुने बिषयमा मतदान स्थलमा सभापतिका उम्मेदवारद्वय रामसरोज यादव र कृष्ण यादव पक्षका युवाहरुबिच कुटाकुट समेत भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


