जनकपुरधाम, ७ पुस । नेपाली काँग्रेसको जनकपुरधाममा जारी प्रदेश २ अधिवेशनअन्तर्गत आज दिउँसो १ बजेदेखि सुरु हुने भनिएको निर्वाचन साँझ ५ बजेसम्म पनि सुरु हुन सकेको छैन् ।

निर्वाचनस्थल स्थानीय गोपाल धर्मशालामा सभापतिका उम्मेदवारद्वय रामसरोज यादव र कृष्ण प्रसाद यादव पक्षका युवाहरुले निर्वाचन गराउने वा नगराउने बिषयमा नारावाजी गरिरहेका छन् ।

रामसरोज प्यानलका युवाहरु गृहमन्त्री बालकृष्ण खाँणबिरुद्ध नारावाजी गरिरहेका छन् भने कृष्ण यादव प्यानलका युवाहरु मन्त्री रामसरोज यादवबिरुद्ध नारावाजी गरिरहेका छन् । सोही क्रममा दुबै समूहबिच सामान्य झडप समेत भएको छ ।

कृष्ण यादव पक्षले आजै निर्वाचन हुनुपर्ने अडान राखेका छन् भने रामसरोज पक्षका युवाहरुले भोली बिहीबार निर्वाचन गर्नुपर्ने भन्दै नारावाजी गरिरहेका छन् ।