अध्यक्ष कर्णलाई जनकपुरधाम विमानस्थलमा भव्य स्वागत

जनकपुरधाम, १ पुस । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष रविशंकर कुमार कर्णलाई जनकपुरधाम विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
बिहीबार बिहान जनकपुरधाम पुगेका अध्यक्ष कर्णलाई युवाहरूले विमानस्थलमा स्वागत गरेका थिए ।
उनलाई स्वागत गर्न उनी समर्थक युवाहरू मोटरसाइकल ¥यालीसहित विमानस्थल पुगेका थिए । विमानस्थलमा समर्थकहरूले उनलाई माला लगाएर स्वागत गरेका छन् ।
निर्वाचन आयोगले तराई मधेश लोकतान्त्रिक पार्टीलाई छुट्टै दलको रुपमा दर्ता गरेको हो । आयोगमा यस दलको दर्ता नम्बर १७५ रहेको छ ।
तराई मधेश लोकतान्त्रिक पार्टी नामक राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता गर्ने गरी आयोगबाट मंसिर ९ गते निर्णय भएकोले दल दर्ताको प्रमाणपत्र दिइएको थियो ।
कर्णले गत साउन १२ गते नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय जनकपुरधाममा रहने छ । त्यस्तै, पार्टीको केन्द्रीय समिति २१ सदस्यीय रहने जनाइएको छ ।
चुनाव चिह्न कलश तथा पार्टीको झण्डामा माथिको आधा भाग केसरिया र आधा हरियो रंग रहेको छ ।