जनकपुरधामस्थित बसपार्कमा बसले किच्दा एक बृद्धाको मृत्यु

जनकपुरधाम, २९ मंसिर । जनकपुरधामस्थित नयाँ बसपार्कमा बुधबार बिहान बसले किच्दा एक बृद्धाको मृत्यु भएको छ ।
महोत्तरीको जलेश्वरबाट जनकपुरधाम आईरहेको ना ३ ख २६१० नम्बरको बसले किच्दा ६० वर्षीया एक बृद्धाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जलेश्वरबाट आएको सो बस जनकपुरधामस्थित बसपार्कमा छिर्न लागेका बेला सोही बसबाट ओर्लेकी बृद्धा अचानक बसको अगाडिमा आएकोले चालकले हेर्न नसकेर किचिएको ट्राफिक प्रहरी प्रमुख नवराज न्यौपानेले जानकारी दिए ।
मृतक बृद्धाको नाम र ठेगाना खुल्न नसकेको तथा बसका चालक जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ बिन्धी बस्ने ३३ वर्षीय मो. फिरोज नदाफलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।