दोस्रो चरणमा सिंहले देउवालाई सघाउने

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई सघाउने भएका छन् ।
देउवासँगको भेटवार्तापछि सिंहले सो कुरा बताएका छन् ।
पहिलो चरणमा सभापतिमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसक्दा दोस्रो चरणको मतदानमा सिंहले देउवालाई सघाउने भएका हुन् ।
सिंहले भने,‘पार्टीमा सुधार ल्याउन देउवाले कार्यशैली परिवर्तन गर्ने भएकाले समर्थन गर्ने भएका छौं ।’