जनकपुरधाम, २५ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रदेश २ को अध्यक्षमा पूर्वमन्त्री जितेन्द्र सोनललाई चयन गरेको छ ।

पार्टी अध्यक्ष महन्थ ठाकुरले शनिबार प्रदेश २ को अध्यक्षमा सोनललाई चयन गरेका हुन् ।

उनलाई लोसपा नेपालको अन्तरिम विधान अनुसार प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको हो ।

त्यस्तै, पार्टीका नेता रामविनोद चौधरी (पप्पु)लाई प्रदेश सचिवको जिम्मेवारी दिइएको छ ।

लोसपाले यसअघि शुक्रबार प्रदेश २ का धनुषा, महोत्तरी, पर्सा र बारा जिल्लामा जिल्ला अध्यक्ष चयन गरेको थियो ।

पार्टीको धनुषा जिल्ला अध्यक्षमा परमेश्वर साह, महोत्तरी जिल्ला अध्यक्षमा रामबाबु साह, बारामा नवल किशोर सिंह र पर्सामा पुरुषोत्तम झालाई मनोनयन गरिएको गरिएको थियो ।