विवाहपञ्चमीलाई लक्षित गर्दै मणिमण्डपमा बृहत् सरसफाइ
जनकपुरधाम, ०७ कार्तिक । आगामी विवाहपञ्चमी महोत्सवलाई लक्षित गर्दै जनकपुरधाम उपमहानगरपालिका–१३ पिडारीस्थित प्राचीन श्री सीताराम विवाह मणिमण्डप क्षेत्रमा बृहत् सरसफाइ गरिएको छ ।
प्राचीन श्री सीताराम विवाह मणिमण्डप क्षेत्र व्यवस्थापन समितिको आयोजना, सशस्त्र प्रहरी बल मुजेलियाको सहयोग तथा स्थानीयवासीको सहभागितामा शनिबार बिहान ७ बजेदेखि सरसफाइ अभियान सञ्चालन गरिएको हो ।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको मणिमण्डपलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
कार्यक्रममा व्यवस्थापन समितिका प्रतिनिधि, सशस्त्र प्रहरी तथा स्थानीयवासी सहभागी भई मणिमण्डप परिसरको सरसफाइ गरेका छन् ।
मिथिलाको ऐतिहासिक तथा धार्मिक परम्परासँग जोडिएको मणिमण्डप विवाहपञ्चमीका अवसरमा श्रद्धालु तथा दर्शनार्थीको आकर्षणको केन्द्र बन्ने गरेको छ ।
भगवान् राम र माता सीताको विवाहसँग सम्बन्धित यस पवित्र स्थलको संरक्षण तथा सरसफाइले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ ।
धार्मिक स्थलको स्वच्छता कायम राख्न स्थानीय समुदाय, व्यवस्थापन समिति तथा सुरक्षा निकायबीचको सहकार्य महत्त्वपूर्ण हुने भएकाले सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




