महोत्तरी, १८ मंसिर । महोत्तरीबाट एक क्वीन्टल लागुऔषध गाँजासहित तीनजना पक्राउ परेका छन् ।

जिल्लाको एकडारा गाउँपालिका वडा नम्बर–५ बथनाहाको इटाभट्टा नजिकबाट पोका पारेर राखेको एक क्वीन्टल डेढ किलो गाँजा प्रहरीले बरामद गरेको हो ।

पक्राउ पर्नेहरुमा एकडारा गाउँपालिका–५ का ३६ वर्षीय रमेश पासवान, वडा नम्बर–२ का रामलखन पासवान र जलेश्वर नगरपालिका वडा नम्बर–७ का ५० वर्षीय सुरेश पासवान रहेका छन् ।

शसस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिबासबाट खटेको प्रहरी टोलिले शुक्रबार राति उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

तीनैजनालाई गाँजासहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाइएको शसस्त्र प्रहरीले जनाएको छ ।