मुख्यमन्त्री शाहीले विश्वासको मत लिएपछि प्रदेशसभाको नवौं बैठक अन्त्य

सुर्खेत, १६ मंसिर । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिएपछि प्रदेशसभाको नवौं बैठक अन्त्य गरिएको छ ।
मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि मंसिर १४ गते आह्वान गरेको हिउँदे अधिवेशन बुधबार राति अन्त्य गरिएको हो ।
उनले १४ गते संसदमा विश्वासको मत मागेका थिए । मुख्यमन्त्री शाहीले १५ गते विश्वासको मत लिएका थिए । हिउँदे अधिवेशनका २ वटा अधिवेशनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सहभागी भएन ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्यको घोषणा गरेका छन् ।