राष्ट्रपति भण्डारीद्वारा रेल्वेसहित ६ अध्यादेश जारी

काठमाडौं, १५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वेसहित विभिन्न ६ वटा अध्यादेश जारी गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ, रेल्वे अध्यादेश लगायत ६ वटा अध्यादेशहरू जारी गरेकी हुन् ।
राष्ट्रपतिबाट जारी अध्यादेश
१.रेल्वे अध्यादेश, २०७८
२.यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८
३.फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८
४.नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८
५.तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८
६.सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८