जनकपुरधाम, १७ कार्तिक । सिरहामा ट्याक्टरबाट झरेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको गोलबजार नगरपालिका वडा नम्बर–४ बस्ने नशिवलाल सदायका ११ वर्षीय छोरा निशान्त सदाय रहेको प्रहरीले जनाएको छ ।

सिरहा गोलबजार नगरपालिका वडा नम्बर–८ मैनाबत्ती खोलाबाट बालुवा बोकेर आइरहेको स १ त ७९५ नम्बरको ट्याक्टरबाट लडेर सदायको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

ट्याक्टरबाट लडेर गम्भिर घाइते भएका सदायको उपचारको लागि लहान लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए । ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।