सर्लाही, १५ कार्तिक । रौतहटमा मोटरसाईकल दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाहीको धनकौल गाउँपालिका–७ बैरिया घर भई रौतहटको दुर्गा भगवती गाउँपालिकाको बडहर्वा प्रहरी चौकीमा कार्यरत ३३ बर्षीय प्रहरी जवान रामनिवास यादव रहेका छन् ।

उनको बागमती नदीको पुलमा मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

रौतहट गढीमाई नगरपालिका वडा नम्बर–६ धरमपुरस्थित बागमती नदीको पुलमा सोमबार राती करिब सवा ८ बजेको समयमा प्रहरी जवान यादवले चलाएको ज ७ प ३१४२ मोटरसाईकल दुर्घटना हुँदा उनको मृत्यु भएको गरुडा ईलाका प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।

काम विशेषले गएको बेला कुनै अर्कै सवारी साधनले प्रहरी जवान यादवलाई ठक्कर दिएको हुन सक्ने उनले बताए ।