काठमाडौं, ८ कार्तिक । स्थानीय तहको कार्यकाल सकिन धेरै समय बाँकी नरहेकाले अब उपनिर्वाचन गर्न नपर्ने भएको छ ।

निर्वाचन आयोगले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेको छलफलका क्रममा स्थानीय तहका रिक्त जनप्रतिनिधिहरुको पदपूर्ति गर्न अब उपनिर्वाचन गर्नु नपर्ने भएको बताएको छ ।

प्रदेश र प्रतिनिधिसभाका रिक्त सांसदको विषयमा उपनिर्वाचन गर्न के गर्ने भन्ने विषयमा आयोगले सरकारसँग धारणा मागेको छ ।जवाफमा प्रधानमन्त्री देउवाले दलहरूसँग छलफल गरेर यसबारे निर्णय लिइने बताए ।

आयोगले राष्ट्रियसभाको फागुनदेखि रिक्त हुने २० पदमा आगामी माघको पहिलो साता निर्वाचन गर्न प्रस्ताव गरेको छ ।