भारतमा ८ महिना पश्चात सबैभन्दा कम संक्रमित भेटिए

एजेन्सी । भारतमा करिब ८ महिना अर्थात २३० दिन पछि सबैभन्दा कम कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य विभागका अनुसार भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ५९६ जनामा संक्रमण पुष्टि भएको छ ।
आइतबार भारतमा १४ हजार १४६ जनामा संक्रमित भेटिएका थिए । लगातार घट्दो संक्रमित संख्याका कारण सक्रिय संक्रमितको संख्यामा पनि धेरै कमी आएको छ ।
भारतमा हाल सक्रिय संक्रमितको संख्या २ लाखभन्दा कम भएको छ । तथ्यांकअनुसार सक्रिय संक्रमितको संख्या १ लाख ८९ हजार ६९४ छ ।
भारतमा पछिल्लो २४ घण्टामा १६६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ४ लाख ५२ हजार २९० जनाको मृत्यु भएको छ ।भारतमा हालसम्म ३ करोड ४० लाख ८१ हजार ३१५ जना संक्रमित भइसकेका छन् ।