नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ
जनकपुरधाम, ०६ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले आइतबार जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता यादव शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूबीच सहमति जुट्न नसकेपछि संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताका रूपमा यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।
संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।
विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेशमा पुनः सरकार गठनको संवैधानिक प्रक्रिया अघि बढ्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




