जनकपुरधाम, ०५ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

प्रदेश प्रमुखको कार्यालयले यादवको शपथग्रहण कार्यक्रम आइतबार बिहान १० बजेका लागि निर्धारण गरेको हो ।

शनिबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

प्रदेशसभामा सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता रहेका यादवलाई संविधानको उक्त व्यवस्थाअनुसार मुख्यमन्त्री नियुक्त गरिएको हो ।

यादवको नियुक्तिसँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ ।