सिरहा, ०४ मंसिर । सिरहाको मिर्चैया बजारबाट श्यामकुमार ठाकुरको बुलेट कमान्डो बाइक चोरी भएको छ ।

मिर्चैया बजारस्थित बिग बजार र थानाचोकभन्दा केही अगाडि तथा कटारीचोकको बीचबाट शुक्रबार Bullet Commando Sand बाइक चोरी भएको हो ।

चोरी भएको बाइकको नम्बर प्लेटमा उल्लेखित अन्तिम नम्बर १६१५ रहेको छ ।

बाइकधनी ठाकुरले चोरी भएको बाइकको खोजी गरी फेला पार्न सहयोग गरिदिन सम्बन्धित प्रहरी निकाय तथा सर्वसाधारणसँग आग्रह गरेका छन् । साथै, घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्नसमेत अनुरोध गरेका छन् ।

यदि कसैले उक्त बाइक देख्नुभएको छ वा यसबारे कुनै जानकारी प्राप्त गर्नुभएको छ भने ९८०१८३९०२४ नम्बरमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।

चोरी भएको बाइक फेला पार्न प्रहरी प्रशासन तथा सर्वसाधारणको सहयोग आवश्यक रहेको भन्दै उक्त सूचना सकेसम्म शेयर गरिदिनसमेत अपिल गरिएको छ ।