मुटुरोगबाट पीडित सामाजिक अभियन्ता राईनको उपचारका लागि आर्थिक सहयोगको अपिल
जनकपुरधाम, ३० कार्तिक । मधेश प्रदेशका युवा सामाजिक अभियन्ता कय्यूम राईन गम्भीर मुटुरोगबाट पीडित भएपछि उनको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।
लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका राईनले नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै आएका छन् ।
निरन्तर उपचार र महँगो स्वास्थ्य सेवाका कारण परिवार आर्थिक सङ्कटमा परेको जनाइएको छ ।
यस कठिन परिस्थितिमा राईनको जीवनरक्षाका लागि सहयोग गर्न परिवार तथा शुभेच्छुकहरूले सर्वसाधारण, सामाजिक अभियन्ता, सङ्घसंस्था र सहयोगी मन भएका व्यक्तिहरूलाई आग्रह गरेका छन् ।
परिवारका अनुसार इच्छुक व्यक्तिहरूले सानो रकम सहयोग गरेर पनि उनको उपचारमा महत्वपूर्ण योगदान पुर्याउन सक्छन् ।
आर्थिक सहयोगसँगै शीघ्र स्वास्थ्यलाभको कामना र प्रार्थनाका लागि समेत परिवारले सबैसँग अनुरोध गरेको छ ।
परिवारले मानवीय सहयोगका लागि सबैसँग हातेमालो गर्न आग्रह गर्दै प्रत्येक सहयोगले कय्यूमको उपचारमा आशा जगाउने विश्वास व्यक्त गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




