मधेशका जिल्लामा मौसम परिवर्तन, बाक्लो कुहिरोसँगै बढ्न थाल्यो चिसो
जनकपुरधाम, ३० कार्तिक । छठ पर्वको अन्तिम दिन मधेश प्रदेशका जिल्लामा मौसममा परिवर्तन देखिएको छ । बिहानैदेखि लागेको बाक्लो कुहिरो र बढेको चिसोले जनजीवनमा प्रभाव पार्न थालेको छ ।
धनुषा, महोत्तरी, सिरहा, सप्तरीलगायतका जिल्लामा बिहानैदेखि बाक्लो कुहिरो लागेपछि सडक, बजार तथा आसपासका क्षेत्र धुम्मिएका छन् । हिजोसम्म सामान्य रहेको मौसममा एकाएक परिवर्तन आएपछि चिसोसमेत बढेको स्थानीयले बताए ।
धनुषा, महोत्तरी, सिरहा र सप्तरीलगायतका तराई जिल्लामा मौसम परिवर्तनसँगै चिसो बढ्ने संकेत देखिएको छ । छठ पर्वको समापनसँगै मौसममा आएको परिवर्तनले बिहान तथा साँझको समयमा सर्वसाधारणलाई थप सतर्क रहनुपर्ने अवस्था सिर्जना गरेको छ ।
कुहिरोका कारण सडकमा दृश्यता कम हुँदा सवारी आवागमनमा समेत समस्या हुन सक्ने देखिन्छ । बिहानै यात्रा गर्ने सवारी चालक तथा पैदलयात्रीलाई सावधानी अपनाउन आवश्यक छ ।
मौसममा आएको परिवर्तनसँगै बालबालिका, वृद्धवृद्धा तथा अन्य संवेदनशील समूहलाई चिसोबाट जोगिन न्यानो कपडा प्रयोग गर्न र आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ ।




तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




