राहुललाई मौलापुर नगरपालिकाको सम्मान
रौतहट, ३० कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सका तर्फबाट उत्कृष्ट प्रदर्शन गर्दै रौतहटको पहिचान उँचो बनाउन सफल युवा क्रिकेट खेलाडी राहुल यादवलाई मौलापुर नगरपालिकाले स्वागत तथा सम्मान गरेको छ ।
मौलापुर नगरपालिकाकी नगरप्रमुख रीना कुमारी साहले आज राहुल यादवलाई स्वागत गर्दै सम्मान गरेकी हुन् । उनले राहुलको खेल प्रतिभा र मेहनतको प्रशंसा गर्दै आगामी दिनमा अझै उत्कृष्ट प्रदर्शन गर्न सकून् भन्ने शुभकामना व्यक्त गरिन् ।

एनपीएलमा राहुलले देखाएको प्रदर्शनले रौतहट जिल्लासहित मधेश प्रदेशकै खेलप्रेमीहरूमा उत्साह थपेको छ । सीमित अवसर र चुनौतीका बाबजुद राष्ट्रिय स्तरको प्रतियोगितामा आफ्नो क्षमता प्रस्तुत गर्न सफल राहुलको उपलब्धिलाई स्थानीयस्तरमा युवा खेलाडीका लागि प्रेरणाका रूपमा हेरिएको छ ।
राहुलको सफलताले जिल्लाको गौरव बढाएको उल्लेख गर्दै नगरप्रमुख साहले उनको खेल जीवन अझ उज्ज्वल बन्ने विश्वास व्यक्त गरिन् । साथै, आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्दै थप सफलता हासिल गर्न राहुललाई शुभकामना दिइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




