जनकपुरधाम वडा नं. ७ द्वारा छठ व्रतालुलाई पूजासामग्री वितरण
जनकपुरधाम, २८ कार्तिक । छठ पर्वको अवसरमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ ले आर्थिक रूपमा विपन्न तथा गरिब परिवारका छठ व्रतालुहरूलाई पूजासामग्री वितरण गरेको छ ।
वडा कार्यालयको आयोजनामा शुक्रबार आयोजित कार्यक्रममा छठ पर्व मनाउन आवश्यक विभिन्न पूजासामग्री वितरण गरिएको हो ।
वडाले व्रतालुहरूलाई साडी, नरिवललगायत छठ पूजामा प्रयोग हुने सामग्री उपलब्ध गराएको जनाएको छ ।
वडा अध्यक्ष निरज साहले आर्थिक अवस्था कमजोर भएका परिवारलाई छठ पर्व मनाउन सहज होस् भन्ने उद्देश्यले सहयोग कार्यक्रम सञ्चालन गरिएको बताए ।
सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न परिवारलाई लक्षित गरी पूजासामग्री वितरण गरिएको उनको भनाइ छ ।
छठ पर्वमा व्रतालुहरूले कठोर व्रत बसेर अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सूर्यदेव र छठी माताको पूजा आराधना गर्ने परम्परा छ ।
पर्वका लागि आवश्यक सामग्री जुटाउन आर्थिक कठिनाइ भोगिरहेका परिवारलाई वडाको सहयोगले राहत पुग्ने विश्वास गरिएको छ ।
पूजासामग्री वितरण कार्यक्रममा वडा सचिव अनिता साह, वडा सदस्यहरू प्रशुराम झा, हिजरत अलि, रामकली देवी, फूलकुमारी साह, समाजसेवी बैजु साह, सन्तोष साह, मनिष साह र कृश साहलगायतको उपस्थिति रहेको थियो ।





तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




