जनकपुरधाम, ०५ कार्तिक । भारतको बिहारमा विधान परिषद् सदस्य (एमएलसी) निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा नाका २४ घण्टाका लागि बन्द गरिएको छ ।

बिहारमा अक्टोबर २३ मा विधान परिषद्का आठ सिटका लागि मतदान हुने भएकाले निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सीमा नाकामा आवागमन रोकिएको हो ।

नेपाल प्रहरीका अनुसार सीमा बन्द भएसँगै नेपालबाट भारत र भारतबाट नेपालतर्फ हुने आवतजावत प्रभावित भएको छ ।

भारतको बिहारसँग जोडिएका नेपाली सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सीमा नाका बन्द रहने अवधिमा भारत जाने तथा भारतबाट नेपाल फर्किने यात्रुलाई यात्रा गर्नुअघि सम्बन्धित सुरक्षा निकायसँग आवश्यक जानकारी लिन आग्रह गरिएको छ ।

बिहीबारदेखि बन्द गरिएको सीमा नाका शुक्रबार बेलुकी ८ बजेसम्म बन्द रहने जनाइएको छ ।